टर्कीमा वैदेशिक रोजगारी खुला गर्न श्रम समझदारी गरिदै

Posted on: 04 Aug, 2019

साउन १९, काठमाडौं ।  नेपालबाट कामदार लैजान टर्की इच्छुक भएपछि नेपाल सरकारले छलफल र श्रम समझदारीको मस्यौदा आदान प्रदान गर्ने प्रक्रिया अघि बढाएको छ |  गत जेठको अन्तिम साता जेनेभामा भएको दुई देशबीचको श्रम मन्त्रालयस्तरीय बैठकमा टर्कीले नेपाली कामदार लैजान इच्छा देखाएपछी आफ्ना विभिन्न क्षत्रेमा आवश्यक कामदार नेपालबाट लिने प्रस्ताव टर्कीले गरेको हो | 

उक्त  बैठकमा दुबै देश कामदार आपूर्तिका लागि छलफल गरेर श्रम समझदारी (एमओयू) गर्न सहमत भएका थिए । त्यसै अनुरुप श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले टर्कीलाई श्रम समझदारीको मस्यौदा पठाउन अन्तिम तयारी गरेको छ ।

 वैदेशिक रोजगार महाशाखाका अनुसार टर्कीमा संस्थागत रुपमा वैदेशिक रोजगारी खुला गर्न दुवै देशले श्रम समझदारीका लागि वार्ता अघि बढाउन लागेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!