कुपण्डोलको प्याराडाइज म्यानपावरमा छापा

Posted on: 04 Aug, 2019

साउन १९, काठमाडौं । कुपण्डोलको प्याराडाइज इन्टरनेशनल म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ। युएई जान लागेका कामदारसँग बढी शुल्क लिएको सूचनाका आधारमा पुगेको विभागको टोलीले रंगेहात फेला पारेको हो। 

युएईको एक कम्पनीमा क्लिनर कामको लागि जान लागेका कामदारसँग एक लाख ३० हजार रुपैयाँका दरले लिइरहेको सूचना पाएपछि विभागको टोली पुगेको थियो। 

अहिले विभागको टोलीले म्यानपावरका कागजात छानविन गरिरहेको छ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!