अनिल अधिकारी | साउन २८, काठमाडौँ | बैदेशिक रोजगारीमा पठाउन अनुमति लिएका ६०० भन्दा बढी म्यानपावर कम्पनी बन्द हुने आंकलन गरिएको छ । सरकारले भदौ १९ देखि २ करोड धरौटी राख्ने म्यानपावरलाई मात्र संचालन हुन दिने तथा मलेसिया जस्तो मुख्य गन्तव्य मुलुकमा कामदार पठाउन रोक लागेपछि ठूलो शंख्यामा म्यानपावर बन्द हुने अवस्थामा पुगेको हो ।
तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारमा पठाउनमा सकृय म्यानपावरको शंख्या १०८१ मात्र रहेपनि हाल १२५० म्यानपावर बैदेशिक रोजगार बिभागमा दर्तामा रहेका छन् । यी मध्ये आधा भन्दा बढी म्यानपावर भदौ १९ पछी संचालनमा नरहने बैदेशिक रोजगार व्यवसायीहरुको आंकलन रहेको छ । गत आर्थिक बर्षको तथ्यांकलाई आधार मान्दा २०० भन्दा बढी कामदार पठाउने म्यानपावरहरुको शंख्या २९४ रहेको छ, जस मध्ये अधिकांशले धरौटी राख्ने सोच बनाएको बाँकी म्यानपावरहरु मर्जमा जाने वा व्यवसायनै बन्द गर्ने दोधारमा रहेको बुझिएको छ ।
बैदेशिक रोजगारमा पठाउन अनुमति पाएका म्यानपावर कम्पनीहरुले भदौ १८ गतेपछि २ करोड धरौटी राख्नुपर्ने नीति लिएसँगै कतिपय म्यानपावर व्यवसायीहरुले आफ्नो म्यानपावर बन्द गर्ने सोचिसकेका छन् भने कतिपयले एकापसमा गाभ्ने सम्बन्धमा विश्वसनीय पार्टनर खोज्ने क्रममा छन् । वैदेशिक रोजगार व्यवसायी संघले विभागको निर्देशन अनुसार कम्पनीहरु गाभिने प्रक्रिया सुरु भएको जनाएको छ ।
मलेसिया खुल्ने नखुल्ने अनिश्चित हुँदा मलेसियामै कामदार पठाएर म्यानपावर धानेका म्यानपावर व्यवसायीहरुलाई के गर्ने भन्नेमा ठूलो संकट परेको छ । धरौटि राख्ने अवधि तीन साता मात्र बाँकी रहंदा धरौटी अघिनै मलेसियाको रोजगार खुलेको खण्डमा भदौ १८ पछि म्यानपावरको शंख्या अहिलेको आंकलन भन्दा बढी हुने देखिन्छ तर हालसम्मको स्थितिले मलेसिया रोजगारी धरौटी वृद्धि अगावै नखुल्ने निश्चित जस्तै छ ।
बैदेशिक रोजगार बिभाग तथा संचार माध्यमहरुले चरम बेथितिका बीचमा संचालन हुँदै आएका म्यानपावरहरुमाथि नियमित अनुगमनमा ध्यान दिएपछि पछिल्लो समय म्यानपावरहरुमा अर्को आतंक फैलिएको छ । जसको कारण पनि म्यानपावर धरौटी राखेर भदौ १८ पछि पनि अहिलेकै अवस्थामा जस्तो चर्को अशुली गरेर म्यानपावर चलाउछु भन्नेमा म्यानपावरहरु स-शंकित भएका छन् ।
नियमित अनुगमनमा बिभाग केन्द्रित हुँदै गर्दा र नयाँ ऐनका कारण धरौटी पछि म्यानपावरलाई अहिले जस्तो सहज परिस्थिति नहुने निश्चित छ । बैदेशिक रोजगारीमा जाँदा चर्को शुल्क तिर्ने सम्बन्धि उजुरीहरु बढ्दै गर्दा बैदेशिक रोजगारीमा जाने युवा आफैले पनि म्यानपावरहरुको अशुलीविरुद्ध संचार माध्यमहरुमा दैनिक सूचनाहरु दिन थालेका छन् । त्यसो त बिभागमै पनि दैनिक उजुरी दिन पुग्नेहरुको शंख्या उत्तिकै छन् ।
बैदेशिक रोजगार बिभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले धरौटीको लागि आवश्यक रकम जोहो गर्न कतिपय म्यानपावरले बैदेशिक रोजगारमा जाने कामदारबाटै चर्को रकम अशुली गर्न सक्ने बुझेर बिभागले आफ्नो अनुगमन टोलीलाई हाई-अलर्टमा राखेको बताएका छन् । उनले भने 'विदेश जाने कामदारमार्फत सूचना पाएपछि जुनसुकै म्यानपावर बिभागको अनुगमनको निशानामा पर्न सक्छ ।'
यस बिषयमा तपाइको प्रतिक्रिया...!