अनिल अधिकारी | भदौ ४, काठमाडौँ | बैदेशिक रोजगारीका लागि गत साउन महिनाभर ६९८ म्यानपावर कम्पनीले बिभिन्न देशमा रोजगारीको लागि कामदारको श्रम स्वीकृति लिएका छन् | बैदेशिक रोजगार बिभागको रिपोर्ट अनुसार गत महिनाभर संस्थागत बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको शंख्या कुल १५ हजार ६१८ जना रहेका छन् | जसमा महिलाको शंख्या २ हजार ८ जना रहेको छ |
रिपोर्ट अनुसार साउन महिनामा सबैभन्दा बढी श्रम स्वीकृति लिने म्यानपावरमा एसओएस म्यानपावर सर्भिस रहेको छ | उसले साउनमा मात्र १२३ महिला र ३२५ पुरुष कामदार गरि ४४८ जनाको श्रम स्वीकृति लिएको छ | त्यस्तै नौकिरी नेपाल रिक्रुटमेन्ट दोश्रो स्थानमा रहेको छ | उसले साउनमा मात्र ३१९ कामदारको अन्तिम श्रम स्वीकृति लिएकोमा महिलाको शंख्या ९८ रहेको छ | त्यस्तै तेश्रो स्थानमा रहेको पाराडाइज इन्टरनेशनलले २०७ पुरुष र ९८ महिला गरि कुल ३०५ कामदारलाई बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएको छ |
टप ५० म्यानपावरहरुमा...
यस बिषयमा तपाइको प्रतिक्रिया...!