हिजैदेखि मलेसिया रोजगारी खूल्यो, यस्तो हुनेछ अबको प्रक्रिया, लागत खर्च 'शुन्य'

Posted on: 13 Sep, 2019

भदौ २७, काठमाडौँ | अघिल्लो बर्षको जेठ देखि बन्द रहेको मलेसिया रोजगारी खुलेको छ । लामो अन्योलतापछि खुलेको मलेसिया रोजगारीको लागतबारे म्यानपावर व्यवसायीमा चर्को बिरोधका बाबजुत बिहिबार मलेसियामा भएको सहमति अनुसार शुन्य लागतमै मलेसिया पठाउनुपर्ने लगायतका बिषयमा सहमति भएको हो । 

बिहीबार सम्पन्न बैठकपछि श्रम मन्त्रालयका वार्तामा आवद्ध अधिकारीहरुले नेपाली कामदार  कुनैपनि लागत नतिरी मलेसिया जान पाउने बताएका छन् । कामदार लैजाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनी र मेडिकल खर्च पहिलो महिनाको तलब दिने समयमा रिफण्ड गर्ने गरी सहमति भएको श्रम मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 

दुई देशबीच गत अक्टोबर २९, २०१८ मा श्रम समझदारी कार्यान्वयन गर्ने सहमति भएको थियो । सो सहमतिमा नेपालका तर्फबाट सहसचिव  राम प्रसाद घिमिरेले नेतृत्व गरेका थिए । घिमिरे सहित नेपालबबाट गएका श्रम मन्त्रालयका अधिकारीहरुले गत अक्टोबरकै सहमति अनुरुप मलेसिया रोजगारी खुला गर्न सफल भएको जनाएका छन् । 


घिमिरेका अनुसार मलेसिया रोजगार बिहिबारबाटै खुला भएको छ । स्वास्थ्य परीक्षणका लागि बायो मेडिकल सेवा भएका सबै संस्थाले पाउँनेछन् । अहिले बायो मेडिकल ३६ वटा सँस्थामा उपलब्ध छ ।  यी सँस्थाहरुमा मलेसियाले अनुगमन गर्ने भएको छ । साथै आगामी नोभेम्बरसम्म थप नयाँ संस्थालाई पनि स्वीकृति दिईने छ । 

यस्तो हुनेछ अबको प्रक्रिया 

अब मलेसियन रोजगारदाताले आफूलाई आवश्यक परेको नेपाली कामदारका लागि मलेसिया स्थित नेपाली दूतावासमा मागपत्र पेश गर्नेछन् । 

मागपत्रको आधारमा नेपाली दूतावासले प्रमाणीकरण गरेपछि उक्त प्रमाणीकरणको आधारमा वैदेशिक रोजगार विभागले आफ्नो वेभसाइटमा अपलोड गरी जानकारी गराउनेछ र कामदार लैजाने प्रक्रिया शुरु हुनेछ । 

त्यस्तै मलेसियामा सुरक्षा गार्डको रुपमा जाने नेपालीहरुको प्रकृया पुरानै तरिकाले हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!