मलेसिया शून्य लागत सहित रोजगारी नियमित भएकोमा खुशी

Posted on: 17 Sep, 2019

भदौ ३१, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले शून्य लागतसहित मलेसिया रोजगारी नियमित भएकामा खुशी व्यक्त गरेको छ । 

सङ्घका अध्यक्ष रोहन गुरुङले आज एक विज्ञप्ति जारी गर्दै सङ्घले लामो समयदेखि उठाउँदै आएको विषय सम्बोधन भएको बताउनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको विशेष पहलकदमीबाट मात्र मलेसिया जाने श्रमिकलाई आर्थिक राहत मिलेको सङ्घले जनाएको छ । 

नेपाल र मलेसिया सरकारबीच भदौ २६ गते भएको सहमतिले संघले उठाउदै आएको मागहरु सम्बोधन भएको र श्रमिकहरुको लागि पनि फलदायी हुने भएकाले सरकारको यो कदमलाई संघले स्वागत गरेको कुरा उल्लेख गरिएको छ । 

"दुईदेशबीचको सहमति पुर्व नेपाली श्रमिकले बिभिन्न संस्था र प्रणालीको नाममा ठुलो रकम भुक्तानी गर्नुपर्ने अवस्था रहेको थियो । सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु ले देखाउनु भएको गम्भीर चासो तथा नेपाल सरकार तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहल कदमीले मलेसिया जाने श्रमिकलाई आर्थिक राहत मिलेको छ'।" विज्ञप्ति मा भनिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!