वैदेशिक रोजगार व्यवसायी संघको नव निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

Posted on: 26 Sep, 2019

असोज ९, काठमाडौं | नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नव निर्वाचित पदाधिकारीहरुले संघको पदबहाली गरेका छन् । 


संघको कार्यालय बत्तिसपुतलीमा आयोजित एक कार्यक्रममा विच संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले निर्वाचित अध्यक्ष बिष्णु प्रसाद गैरेलाई नेतृत्व हस्तान्तरण गरेका हुन् । कार्यक्रममा संघका अन्य पदाधिकारीले पनि आ-आफ्नो दायित्व पुरा भएको भन्दै आगामी २ वर्षका लागि नवनिर्वाचित पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरण गरेका छन् ।


गत मंगलबार सम्पन्न संघको २७ औं साधारण सभा तथा निर्वाचनमा कांग्रेस निकट लोकतान्त्रिक समुहले प्यानल नै जीत हाँसिल गरेको थियो। अध्यक्षमा बिष्णु प्रसाद गैरेले ३ सय ३० मत ल्याई प्रगतिशील समुहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४७ मतले पराजित गरेका थिए ।


संघको निर्वाचनबाट प्रथम उपाध्यक्षमा कमल तामाङ्ग, द्धितिय उपाध्यक्षमा कमल देव मल्ल, तृतिय उपाध्यक्षमा किशोर कुमार के.सीले जितेका थिए । त्यस्तैगरि महासचिवमा  सुजित श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा ईन्दीरा गुरुङ्गले जीत हँसिल गरेका थिए । संघको सदस्यहरुमा कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल,  हर्कबाहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबाहादुर ईजमएलन. छविलाल भटराई, लक्ष्मण पौडेल बिजयी भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!