अमेरिका पठाउने भन्दै १ करोड भन्दा बढी ठगि, विभागले पुर्जी काट्दा समेत पक्राऊ परेनन् टोकनाथ

Posted on: 27 Sep, 2019

असोज १०, काठमाडौं | बैदेशिक रोजगारीको लागि अमेरिका पठाउने भन्दै ठगीमा परेका पीडितहरुले न्याय नपाएको भन्दै गुनासो गरेका छन् । रोजगारीको लागि अमेरिका जाने आशामा लाखौं गुमाएका बैदेशिक रोजगार विभागले न्याय नदिएको गुनासो गरेका छन् ।

कसरी फसे युवा ? 

सप्तरीको एक स्कुलमा संगै पढेका थिए, टोकनाथ शाह (दिपक सोनी) र लव अलिले । तत्कालीन समयमा मधेशी जनअधिकार फोरममा आवद्ध थिए, टोकनाथ । सोही पार्टीमा आवद्ध भएकोले राजनीतिक आडमा युवालाई आशा देखाएर अमेरिका पठाउने आश्वाशन दिएको लव अलि बताउँछन् ।

अमेरिकामा एक कार्यक्रमा लैजाने भन्दै लव लगायत अन्य ४ जना साथीहरुसंग जनही ३० लाखका दरले रकम माग गरेका थिए । चिनाजानकै साथीले अमेरिकामा जान पाइने भनेपछि लोभिएका अलिले टोकनाथलाई एकमुष्ट ३० लाख रकम नगद दिएको बताउँछन् । एकमुष्ट ३० लाखका दरले रकम लिएपछि काम हुन्छ भन्दै महिनौं दिन हुँदै वर्ष दिन झुलाएको लव अलिले बताए ।

२ वर्षसम्म पनि तोकिएको काम अनुसार अमेरिका लैजाने कुनै प्रक्रिया शुरु नभएपछि अन्तत: अलि समुह टोकनाथ विरुद्ध बैदेशिक रोजगार विभागमा उजुरी हाल्न पुगे । सो पस्च्यात विभागले ठगि गरेको आरोपमा सप्तरीका टोकनाथ शाह (दिपक सोनी) लाई अनुसन्धानका लागि प्रक्राउ गरि उपस्थित गराउनका लागि २०७४ बैशाख १० गते जिल्ला प्रहरी कार्यालय सप्तरीलाई पत्र काटेको थियो । तर पत्र काटेको २ वर्ष बित्यो न त, टोकनाथ पक्राउ परे, न पीडित समुहले आफ्नो रकम फिर्ता नै पाए ।

तश्वीरमा: टोकनाथ शाह (दिपक सोनी)

माथिको तश्वीरमा: टोकनाथ शाह (दिपक सोनी) लाई पक्राउ गर्न बैदेशिक रोजगार बिभागले काटेको पत्र ।

के भन्छ विभाग र प्रहरी ? 

पीडित समुहको गुनासो किन सुनुवाई भएन त ? बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भुसालले थप जानकारी लिएर आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने बताए ।  घटनाबारे सप्तरी जिल्ला अन्तर्गत कंचनपुर इलाका प्रहरी कार्यालयका डिएसपी मकेन्द्र मिश्रले घटनाबारे जानकारी लिंदै शाहलाई छिट्टै पक्राऊ गर्ने बताए । साझा सबालालले घटनाबारे थप जानकारी लिन ठगीका आरोपित टोकनाथ शाहलाई सम्पर्क गर्दा उनले सो घटनाबारे कुरा गर्न मानेनन् । 

माथिको तश्वीरमा: टोकनाथ शाह (दिपक सोनी) लाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले इलाका प्रहरीलाई काटेको पत्र ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!