दशैं बिदामा पनि श्रम मन्त्रालयको कल सेन्टर र निशुल्क शव ढुवानी सेवा सुचारु हुने

Posted on: 03 Oct, 2019

असोज १६,काठमाडौं। दशैं बिदामा पनि श्रमिकका गुनासा तथा जिज्ञासाहरुको सुनुवाईका लागि कल सेन्टर नियमित रुपमा नै संचालन हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा स्थापित कल सेन्टरले दशैं बिदा अवधिभर पनि सेवा दिने बैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

दशैं अवधिभर कार्यालय समय १० बजेदेखि ५ बजेसम्म एक सिफ्टमा मात्र सेवा प्रवाह गरिने श्रेष्ठले बताए । कल सेन्टरमा ९ जना कर्मचारीले २ सिफ्ट गरेर श्रमिकका गुनासा सुन्ने र टिप्ने कार्य गर्दै आएका छन् । श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित कुनैपनि समस्या तथा गुनासो टिपाउन सकिने र मन्त्रालयले यसको तत्काल सम्बोधन गर्न गत चैत्र १८ गते कल सेन्टरको स्थापाना गरिको थियो।

त्यस्तै गरि बोर्डले दशैं बिदा अवधिभर निशुल्क शव ढुवानी सेवा नियमित रुपमा नै सुचारु गर्ने कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । असोज १९ देखि २२ गतेसम्म बोर्ड बन्द रहने भएपनि सेवाग्राहीको सहजताको लागि निशुल्क शव ढुवानी कार्यमा समन्वयका लागि सम्पर्क व्यक्ति तोकिएको उनले बताए।



यस बिषयमा तपाइको प्रतिक्रिया...!