कुवेतमा थुनामा रहेका २१ नेपाली स्वदेश फर्काउन सरकारलाई संसदीय समितिको निर्देशन

Posted on: 17 Nov, 2019

मंसिर १, काठमाडौं | संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले तात्काल कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई नेपाल फिर्ता गराउन सरकारलाई निर्देशन दिएको छ |आइतबार सिंहदरबारमा बसेको बैठकले उक्त निर्देशन दिएको हो |

कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ | थुनामा राखेका उनीहरुको दण्ड जरीवाना तिरेर भएपनि तत्काल फिर्ता पठाउन समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए |

सरकारले भने कवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता गराउन कुवेत सरकारसँग छलफल भइरहेको जनाएको छ | परराष्ट्र सचिव शंकरदास बैरागीले उनीहरुलाई स्वदेश फर्काउन त्यहाँस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!