म्यानपावरलाई थप कडाई गर्दै विभाग, अन्तर्वार्ता उत्तीर्ण नभएका व्यक्तिले श्रम स्वीकृति नपाउने

Posted on: 26 Nov, 2019

मंसिर १०, काठमाडौं । बैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीबाट हुने कामदार छनौट प्रक्रियालाई थप व्यवस्थित गर्ने भएको छ ।  म्यानपावर व्यवसायीहरुले पूर्व स्वीकृति लिई कामदार छनौट प्रकृयामा चलखेल गर्ने क्रम नरोकिएकोले नयाँ व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए ।

 एउटा म्यानपावर व्यबसायीले अन्तर्वार्ता लिने र अर्कोले श्रम स्वीकृति निकालिदिने छनौट प्रकृयामा समावेशै नभएकाहरुको पनि श्रम स्वीकृति निकाल्ने वा एउटा व्यवसायीले श्रम छनौट गरी अर्कोले श्रम स्वीकृति निकाल्ने प्रवृत्ति देखिएको छ, महानिर्देशक भुसालले भने 'कामदार ठगिने वा उजुरीमा कारवाही प्रकृयामा समेत कठिनाई आउने अवस्थाको अन्त्य गर्न अन्तर्वार्ताको मिति, अन्तर्वार्ता वा छनौट प्रकृयाबाट उत्तीर्ण भएका कामदारहरुको विवरण अनिवार्य रुपले विभागको वेभसाइटमा राख्नुपर्ने व्यवस्था लागू गर्दैछौं । 

अन्तिम श्रम स्वीकृति दिंदा अन्तर्वार्ता उत्तीर्ण नगरेको व्यक्तिको श्रम स्वीकृति नआउने व्यवस्था गर्न लागेका छौं,  उनले भने 'त्यसका लागि तयार गरिएको मोड्यूल छिटै कार्यान्वयनमा आउनेछ।' 

यस बिषयमा तपाइको प्रतिक्रिया...!