गोकर्ण विष्टको सपना साकार, २ श्रमिकका आश्रित परिवारले पाए मासिक पेन्सन

Posted on: 27 Nov, 2019

मनोज पराजुली, मंसिर ११, काठमाडौँ । सामाजिक सुरक्षा योजनामा आवद्ध भएर मृत्यु भएका श्रमिकका परिवारले अन्तिम संस्कार खर्च र निवृत्तिभरण योजना अन्तर्गत मासिक पेन्सन पाएका छन् । दोश्रो सामाजिक सुरक्षा दिवसका अवसर पारेर आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कोषमा सूचीकृत भएर मृत्युवरण गर्न पुगेका २ श्रमिकका आश्रित परिवारलाई सामाजिक सुरक्षा योजनाअन्तर्गत सहायता उपलब्ध गराएका हुन् ।


क्लोजर सिस्टम इन्टरनेशनल नेपाल प्रा. लि. मा कार्यरत मकवानपुरका योगदानकर्ता इन्जिनियर रुपेन्द्र थापा र अर्का योगदानकर्ता कैरोश क्याफेमा कार्यरत काभ्रेका प्रकाश मोक्तानका परिवारले कोषबाट पाउने सुविधा आज उपलब्ध गराइएको हो  । मोक्त्तानको सडक दुर्घटनामा परेर मृत्यु भएको थियो । 


योजनामा योगदान गरेको रकमको आधारमा रुपेन्द्रका श्रीमती  सुस्मिता क्षेत्रीले मासिक १७ हजार र प्रकाशको परिवारले मासिक १० हजार २ सय रुपैयाँका दरले आजीवन पेन्सन पाएका सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!