मलेसियामा अवैधानिक बसेका नेपालीहरूलाई दूतावासले सेवा दिने, नेपाल फर्कन चाहनेहरुलाई अवसर

Posted on: 29 Nov, 2019

मंसिर १३, मलेसिया । नेपाली राजदूतावास मलेसियाले डिसेम्बर महिनाको १ तारिक आइतबारको दिन मलेसियाको पेनाङ्ग राज्यमा यात्रा अनुमति पत्र बनाउने सेवा उपलब्ध गराउने भएको छ। राजदूतावासले क्वालालम्पुर भन्दा बाहिर विभिन्न राज्यमा रहेका नेपालीहरूलाई दूतावासबाट प्रबाह गरिने सेवाहरु सरल र सहज गराउने उदेश्यले यो सेवा उपलब्ध गराउन लागिएको दुतावासले जनाएको छ । 

मलेसिया सरकारले अवैधानिक विदेशी श्रमिकहरूलाई आममाफी दिई स्वदेश फर्काउने कार्यक्रम ‘गुड फर ब्याक’को लागु गरेको छ । सोही कार्यक्रमलाई लक्षित गरि पेनाङमा यात्रा अनुमतिपत्र सेवाहरू प्रवाह गर्न लागेको दूतावासले जनाएको छ ।मलेसिया सरकारले अवैधरूपमा मलेसियामा रहेका विदेशी कामदारलाई आममाफी दिएर स्वदेश फर्काउने कार्यक्रम ल्याएपछि त्यहाँ रहेका अवैध नेपाली कामदारले पनि मौकाको फाइदा  लिइरहेका छन् । यो अवसर गएको अगष्ट १० देखि लागू भएको थियो भने डिसेम्बर ३१ मा सकिनेछ।

सो कार्यक्रमअनुसार स्वदेश फिर्ता हुन केही प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । जसमा दण्ड जरिवाना ७ सय , स्पेसल पास १ सय र नेपाली राजदूतावासको राजस्व १ सय ६० मलेसियन रिङगेट बुझाउनुपर्छ।  साथै हवाइ टिकट कामदार स्वयम् आफैले व्यवस्थापन गर्नुपर्नेछ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्कन सहज बनाउन मलेसियास्थित नेपाली दूतावास आफैले निशुल्क फारम भर्ने ब्यवस्था गर्दै आएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!