ठगी गर्ने म्यानपावर विरुद्ध श्रममन्त्री यादवले पहिलो पटक मुख खोले

Posted on: 11 Dec, 2019

मङ्सिर २५, काठमाडौँ | वैदेशिक रोजगारको क्षेत्रमा ठग्ने गर्ने म्यान पावरलाई कानूनको दायरामा ल्याएर  कारवाही गरिने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताउनुभएको छ ।  

सर्लाही सदरमुकाम मलङ्गवामा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री यादवले ठगी गर्ने म्यानपावरलाई कारवाही गर्ने प्रतिबद्धता जनाउनुभयो । सीप सिकेर मात्र वैदेशिक रोजगारमा जान उहाँले युवासँग आग्रह गर्नुभयो ।

वैदेशिक रोजगारीका क्रममा कसैले ठगी गरेको छ भने सिधा आएर आफूलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!