काउन्सेलर श्रम र श्रम सहचारीका लागि निवेदन आह्वान

Posted on: 12 Dec, 2019

मङ्सिर २६, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ देशका लागि काउन्सेलर श्रम र श्रम सहचारी पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सो पदहरुमा निवेदन दिन आह्वान गरेको हो ।

मन्त्रालयले दक्षिण कोरियाको सियोल, कतारको दोहा र मलेसियाको क्वालालम्पुरका लागि काउन्सेलर श्रम पदमा निवेदन आह्वान गरेको छ भने संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधावी, साउदी अरेबियाको जोद्धा, मलेसियाको क्वालालम्पुर, कुवेतको कुवेत सिटी र ओमानको मस्कटका लागि श्रम सहचारी पदमा निवेदन आह्वान गरेको हो ।

मन्त्रालयद्वार जारी सूचनामा भनिएको छ, 'काउन्सेलर श्रम तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ अनुसार तोकिएबमोजिमको योग्यता पुगेका कर्मचारीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो व्यक्तिगत विवरण उल्लेख गरी अनुसूची-२ बमोजिम निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशन गरिएको छ ।' 

मन्त्रालयले सो पदमा निवेदन दिन इच्छुकहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र निवेदन बुझाइसक्नुपर्ने मन्त्रालयले जनाएको छ । निवेदन फारम मन्त्रालयको वेबसाइट www.moless.gov.np मा उपलब्ध रहेको जनाइएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!