"मलेशिया जानु भनेको अमेरिका जानु सरह हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न"

Posted on: 18 Dec, 2019

पुस २, काठमाडौं । मलेसिया जाने युवासँग चर्को रकम लिंदा लिंदै गरेको अवस्थामा बैदेशिक रोजगार विभागले फेला पारेको छ । गुल्मी रेसुङ्गाका अनिल बि.क., सन्दीप बि.क. र दीपक बहादुर सुनार तथा बराह न.पा. सुनसरीका सन्तोष बिष्टसँग रु ४ लाख ५० हजार लिंदै गरेको अवस्थामा लाइफ इन्टर्नेशनल ओभरसिजमा फेला पारिएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए ।


४ जना युवा मलेशियाको अबिबा प्लास्टिक उद्योगमा  जानका लागि इजाजतपत्र नं ७६० भएको महाराजगञ्ज काठमाडौंस्थित लाइफ इन्टर्नेशनल ओभरसिजका जनसम्पर्क अधिकृत दान बहादुर सोमैलाई सम्पर्क गरे । उनीहरुले १ लाख भित्रै पठाउन निकै अनुनय विनय गरे तर उक्त व्यक्तिले भने-  "मलेशिया जानु भनेको अमेरिका जानु सरह हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न"। 

ठीक डेढ महिना अघि नोभेम्बर ३ मा उक्त मलेशियन कम्पनीबाट नेपाल र मलेशियाबीचको पछिल्लो श्रम सम्झौता बमोजिमको फ्रि भिषा फ्रि टिकट अन्तर्गतको मागपत्र बमोजिम उनीहरुलाई मलेशिया पठाइँदै थियो। उक्त कम्पनीमा ५० जना कामदारको माग भएकोमा यी सहित ३६ जनाले श्रम स्वीकृति लिएको देखिएको भुसालले बताए ।

यस अघिको लटका मलेशिया गईसकेको हुनसक्ने भुसालले बताए । ४ जनासँग पैसा उठाउने कार्य लाइफ इन्टर्नेशनल ओभरसिजमा भैरहेको थियो भने यिनीहरुको श्रम स्वीकृति अर्कै म्यानपावर विन रिक्रुटमेन्ट प्रा. लि.  बाट निकालिएको पाइएको भुसालले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!