आजदेखि वैदेशिक रोजगारको महा-अभियान सुरु, म्यानपावरहरुलाई ७ दिने म्याद

Posted on: 01 Jan, 2020

पुस १५, काठमाडौं । बैदेशिक रोजगार विभागले बुधबारदेखि आफ्ना सम्पूर्ण सेवा अनलाइनबाट प्रदान गर्ने घोषणा गरेको छ । 

बिभागले डिसेम्बर ३१ (पुष १५) सम्मका पुर्व स्वीकृतिका फाइलहरुको टुंगो लगाईसक्न ७ दिनको म्याद दिएको छ, जस अनुसार म्यानपावर कम्पनीहरुले पुष २२ गते भीत्र पुष १५ अघिका पुर्व स्वीकृतिका फाइलहरुको काम टुंग्याईसक्नु पर्ने निर्देशन दिएको छ । 

प्रमाणीकरण भईसकेका तर वैदेशिक रोजगार कार्यालय ताहाचलमा पेश नभएका फाइलहरु पेश गर्न र पूर्व स्वीकृति लिनको लागि भने पुष मसान्तसम्मको म्याद दिइएको छ । आजदेखि सबै राजदूतावासबाट प्रमाणीकरण गरिएका कागजातहरु वैदेशिक रोजगार सूचना प्रणालीबाट प्राप्त भएको आधारमा म्यानपावर संस्थाका मागपत्रका लागि अनलाइन पूर्व स्वीकृति, विज्ञापन प्रकाशन, अनलाइन आवेदन र अनलाइन श्रम स्वीकृति प्रारम्भ हुँदैछ ।

योजना अनुसार भोली (पुष १७) बाट ८५३ वटै इजाजतपत्रवाला संस्था (म्यानपावर)हरुका सूचना प्रणाली चलाउने कर्मचारीहरुका लागि विभिन्न चरणमा तालिम सञ्चालन हुनेछ । 

बिभागले आजदेखि लागु हुने वैदेशिक रोजगार सूचना प्रणालीको कामलाई बैदेशिक रोजगारको महाअभियान भनेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!