मलेसियामा रहेका नेपाली कामदारलाई दुतावासको यस्तो आग्रह (सूचना सहित )

Posted on: 01 Jan, 2020

पुष १६, काठमाडौं | मलेसियामा रहेको नेपाली दुतावासले सूचना जारी गर्दै जनवरी २, २०२० देखि १२ सय रिंगिट भन्दा कम तलवको मागपत्र स्वीकृत नगर्ने बताएको छ | दुतावासले आधारभूत तलव १२ सय भन्दा कमको मागपत्र प्रमाणिकरणका लागि पेश नगर्न अनुरोध गरेको हो |

मलेसियामा हाल कामदारको न्यूनतम तलब ११ सय रिंगेट रहेको छ भने मलेसियाको मानव संशाधन मन्त्रालयले  सन् २०२० को जनवरी १ तारिख देखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकहरुको तलब बढाउने निर्णय गरेको थियो | मलेसिया नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यका रुपमा रहेको छ |

No photo description available.

यस बिषयमा तपाइको प्रतिक्रिया...!