फेरि खुल्यो जापानमा केयर गिभरको रोजगारी

Posted on: 04 Jan, 2020

पुष १९, काठमाडौँ | जापानले फेरि नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । यअसघि एक चरणमा परीक्षा सञ्चालन गरिसकेको जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको हो ।

जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय जनाले परीक्षामा सहभागी हुन पाउनेछन् । जापान फाउन्डेसनले परीक्षामा सहभागी हुन चाहनासँग आवेदन माग गरेको छ ।

जनवरी ७, ८, १४, १५, १६, २१, २२, २३, २८ र २९ तारिखमा परीक्षा सञ्चालन हुनेछ ।

मार्चमा ३, ४, ५, ९, १०, ११, १२, १५, १६, १७, १८ र १९ तारिखमा पनि परीक्षाको मिति तोकिएको छ ।

जापानले यसअघि कात्तिक सञ्चालन गरेको भाषा परीक्षामा ५६ जना नेपाली उत्तीर्ण भएका थिए । तर उनीहरु मध्ये कतिले सीप परीक्षा पास गरे भन्ने जानकारी दिइएको छैन ।


यो पटक पनि परीक्षा शुल्क २ हजार ५ सय तोकिएको छ । परीक्षा कम्प्युटरमा आधारित हुनेछ । युनिभर्सल ल्याग्वेज एन्ड कम्प्युटर इन्स्िटच्युट डिल्लीबजारमा परीक्षा केन्द्र तोकिएको छ ।

स्त्रिmप्ट, भुक्याबलरी, कन्भेक्सनल एन्ड एक्स्प्रेसन, राइटिङ टाइप र कम्प्युटरमा टाइपिङ स्किलमा आधारित भएर परीक्षा हुनेछ । २५० पुर्नांकको परीक्षामा २ सय अंक आएर उत्तीर्ण गराइने सूचनामा उल्लेख छ ।

परीक्षामा आवेदन दिन नेपाली नागरिकता, राहदानी वा सवारी चालक अनुमतिपत्र आवश्यक पर्नेछ ।

परीक्षामा सहभागी हुन जापानी भाषामा ए टू लेभल आवश्यक पर्नेछ । दैनिक जीवनमा आवश्यक पर्ने कामका लागि सहजै भाषा बुझ्ने र बोल्ने क्षमता पनि न्युनतम् योग्यताका रुपमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!