अमेरिका र इरान बिचको तनाव: खाडीमा रहेका नेपालीलाई दूतावासको सम्पर्कमा रहन अनुरोध

Posted on: 06 Jan, 2020

पुस २१, काठमाडौँ | इरान र अमेरिका बिचको तनावले खाडी क्षेत्रमा रहेका नेपालीहरुलाई दूतावाससँग सम्पर्कमा रहन आग्रह गरिएको छ | आइतबार परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच भएको छलफलमा सम्बन्धित दूतावासलाई त्यहाँको परिस्थितिबारे बुझ्न र समस्या बढेमा अपनाउनुपर्ने उपायबारे सजक रहन आग्रह गरेको परराष्ट मन्त्रालयले जनाएको छ |

दुई देश बिच बढेको तनाबका कारण ईरान र इराकसँगै मध्य पूर्वका अरु देशमा पनि असर पर्ने  भएकाले खाडीमा कार्यरत नेपालीलाई दूतावासको सम्पर्कमा रहन सरकारले आग्रह गरेको हो | सम्बन्धित देशमा रहेका नेपाली दूतावास र ती देश हेर्ने अरु दूतावासलाई त्यहाँ कार्यरत नेपालीसँग सम्पर्क गर्न भनिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताएका छन् |

उनले भने,ति देशको अवस्थाबारे नेपाललाई जानकारी गराउन र नेपाली नागरिकालाई सम्पर्क गरी  सुरक्षित हिसाबले बस्नको लागि अनुरोध गर्न सम्बन्धित दूतावासलाई भनेका छौं | खाडी मुलुक इराकमा सरकारले काम गर्न रोक लगाएको छ | तर अबैधबाटो भएर त्यंहा १५ हजारभन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ | त्यस्तै साउदीमा चार लाख र कतारमा साढे तीन लाखभन्दा बढी,यूएईमा दुई लाख ५० हजार, कुवेतमा ७० हजार, ओमानमा २० हजार, बहराइनमा २५ हजार, लेबनानमा १२ हजार, जोडर्नमा १२ हजार र इजरायलमा तीन हजार नेपाली रहेका छन् |

बैदेशिक रोजगारीको सिलसिलामा त्यहा पुगेका नेपालीहरुलाई अमेरिका र इरानबीचको तनाबले असर पर्ने बताइएको छ | दुई देश बिचको द्न्द्दले नेपालीको अशुरक्षा र रेमिट्यान्समा पनि समस्या आउँन् सक्ने आशंका गरिएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!