श्रम मन्त्रालयद्वारा श्रम सहचारी र काउन्सेलर (श्रम) छनौट, नामावली सहित

Posted on: 06 Jan, 2020

पुस २१, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४ देशका लागि श्रम सहचारी र काउन्सेलर (श्रम) को नाम छनौट गरेको छ । 

बहराइनका लागि दामोदर दाहाल र कतारका लागि अनुज गौतमको नाम श्रम सहचारीको लागि छनौट गरिएको श्रम मन्त्रालयले जनाएको छ । प्रमिला केशी लाई प्रतिक्षा सूचीमा राखिएको मन्त्रालयले जनाएको छ । 

त्यस्तैगरी मन्त्रालयले काउन्सेलर (श्रम) मा साउदी अरेबियाको जीवन कुमार राई र संयुक्त अरेबिया इमेरिट्सका लागि निर्मला थापाको नाम सिफारिस गरेको छ । भुमिश्वर पोखरेललाई प्रतिक्षा सूचीमा परेका छन् । 

श्रम मन्त्रालयले २०७४ माघ २५ र २०७६ मंसिर २६ गतेको सूचना वमोजिम काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौटका लागि निवेदन आह्वान गरेको थियो । सोहि वमोजिम निवेदन दिएका मध्ये काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्ति सम्बन्धि कार्यविधि तथा मापदण्ड -२०७३ आधारमा छनौट गरिएको श्रम मन्त्रालयले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!