३ महिना भित्र विदेसबाटै पुन: श्रम स्विकृती पाइने

Posted on: 07 Jan, 2020

पुस २२, काठमाडौं । सरकारले आगामी ३ महिना भित्रमा विदेसबाट नै पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक  सुरक्षा मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर श्रममन्त्री यादवले उक्त  जानकारी दिएका हुन् ।

गत मङ्सिर ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन  गरेका थिए । सो बेला तत्कालीन श्रममन्त्री गोकर्ण विष्टलाई हटाइएको थियो उनको सट्टामा नेकपाकै रामेश्वर राय यादव नियुक्त भएका थिए ।

सम्मेलनमा सामाजिक सुरक्षा योजनालाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने मन्त्री यादवले बताएका छन् । उनले आगामी ३ महिने कार्ययोजना सार्वजनिक गर्दै सामाजिक सुरक्षा कोषमा १५ हजार रोजगारदाता र १ लाख श्रमिक आवद्ध गराउने योजना रहेको बताए ।


सरकारले गत वर्ष मंसिर ११ गते समाजिक सुरक्षा कार्यक्रम घोषणा गरेर गत साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो । तर श्रममन्त्री परिवर्तन भए पछि समाजिक सुरक्षा योजनामा सहभागी हुन नीजि क्षेत्रले तदारुकता देखाएका छैनन् । 

चालू आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई न्युनतम सय दिनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी दिने योजना रहेको श्रम मन्त्रालयले जनाएको छ । त्यस्तै व्यवसायिक तथा सिपमुलक तालिम सन्चालनका लागि एकीकृत नीतिको प्रारुप तयार गरिने मन्त्रालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!