पोर्चुगलमा समुन्द्रको छालले बगाएर दुई नेपालीको मृत्यु

Posted on: 15 Jan, 2020

माघ १, लिस्बन | समुद्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ |  मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् |

पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए |

नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए | दुवै शवको अन्त्येष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भइ नसकेको तामाङ समाज पोर्चुगलका अध्यक्ष सुनिता ब्लोन तामाङले बताइन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!