विभागको अनलाइन सेवा सुचारु, भोलि शनिबार पनि श्रम कार्यालय ताहाचल खुला रहने

Posted on: 17 Jan, 2020

माघ ३, काठमाडौं । वैदेशिक रोजगार विभागले संचालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्यामा सुधार आएको छ । वुधबारदेखि सर्भरमा देखिएको आंशिक समस्या शुक्रबार पूर्ण रुपमा देखिएको थियो जसका कारण अनलाइनबाट हुने सम्पूर्ण सेवा बन्द भएका थिए ।

विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले शुक्रबार बिहानै देखि देखिएको समस्या समाधान भएको जानकारी दिए । सेवाग्राहीको चापलाई हेरेर आज बेलुकी अबेरसम्म कार्यालयले सेवा प्रवाह गर्ने उनले बताए । साथै सेवाग्राहीको हितलाई ध्यान दिंदै भोलि शनिबार पनि श्रम कार्यालय ताहाचल खुला गरेर सेवा दिइने भुसालले बताए ।

वैदेशिक रोजगार विभागको अनलाइन सेवा ठप्प, श्रम स्वीकृति नपाउंदा टिकट रद्द गर्दै व्यवसायी


यस बिषयमा तपाइको प्रतिक्रिया...!