सुध्रिएनन् म्यानपावर कम्पनी, ६ महिनामै २३ करोड ९१ लाख ठगीको उजुरी

Posted on: 23 Jan, 2020

<!-- copy body --> <script src="//ajax.googleapis.com/ajax/libs/jquery/1.8/jquery.min.js"></script> <script src="/path/a/jquery.smartbanner.js"></script> <script type="text/javascript"> $().smartbanner(); </script> <!-- end copy body --> मनोज पराजुली माघ ९, काठमाडौं । वैदेशिक रोजगारीको लागि चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा नै २ लाख ५० हजार भन्दा बढी नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको साउन महिना देखि पुससम्म ६ महिनाको रेकर्ड अनुसार रोजगारीको लागि कुल २ लाख ५३ हजार १३ जना नेपाली विदेशिएका हुन् ।

गत कार्त्तिक महिनामा ५१ हजार ५ सय, असोजमा  १९ हजार ५ सय ४२, भाद्र महिनामा  ३९ हजार ८ सय ४७ र साउन महिनामा ३२ हजार ५ सय ५७ जना बिदेशिएका छन् । गत मंसिर महिनामा संस्थागत, रिईन्ट्री व्यक्तिगत, तथा वैधानिकीकरण गरी ५६ हजार ८ सय १० नेपाली वैदेशिक रोजगारीमा विदेशिएका छन् । मंसिरमा रिईन्ट्री मार्फत २८ हजार ६ सय ३७ जना र  संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या २४ हजार  २९ रहेको छ ।  पुस महिनामा ५२ हजार ९ सय ६ जनाले श्रम स्वीकृति लिएका छन् जसमध्ये ४८ हजार ७ सय ५८ पुरुष र ३ हजार ३ सय ६७ जना महिला रहेका छन्  ।सो मध्ये दक्षिण कोरियाको लागि ७ सय ३१ पुरुष र ५० महिलाले अन्तिम श्रम स्वीकृति लिएका छन् । 

व्यक्तिगत भन्दा संस्थागत ठगी बढी 

वैदेशिक रोजगारीमा व्यक्तिगत ठगी भन्दा संस्थागत ठगीका उजुरीसंगै क्षतिपूर्ति मागदावी रकम पनि बढी रहेको पाइएको छ । संस्थागत रुपमा अर्थात म्यानपावर मार्फत नै वैदेशिक रोजगारीमा ठगिएको भन्दै पुस महिनामा मात्रै विभागमा १ सय ७ उजुरी दर्ता भएको छ । ती उजुरीमा कुल ४ करोड ६१ लाख ८० हजार ४ सय ५ रुपैयाँ क्षत्तिपुर्ति माग गरिएको छ ।  विभागको रेकर्ड अनुसार हालसम्म ठगीका ७ सय ४८ उजुरी परेको छ, जसमा २३ करोड ९१ लाख ५ हजार १ सय ९३ रकम क्षतिपुर्ती मागदावी गरिएको छ । 

व्यक्तिगत तर्फ पुस महिनामा ३७ उजुरीमा १ करोड ९२ लाख ९५ हजार क्षतिपुर्ती रकम माग दावी गरिएको छ जसमध्ये १९ वटा ठगीका उजुरी उपर ७० लाख ५७ हजार ५ सय विगो दावी गरि अदालतमा मुद्धा दायर गरिएको विभागले जनाएको छ । त्यस्तै यस आर्थिक वर्षमा हालसम्म व्यतिगत नै २ सय ४६ ठगीका उजुरीमा १७ करोड ४६ लाख ६७ हजार ४१ रुपैयाँ क्षतिपुर्ति माग गरि उजुरी परेको विभागले जनाएको छ । २ सय ४६ उजुरी मध्ये १ सय ४१ लाई अदालतमा मुद्धा दायर गरि १३ करोड ७२ लाख ३१ हजार ६ सय ९५ रुपैंया विगो दावी गरिएको विभागले जनाएको छ ।

६ महिनामै २३ करोड ९१ लाख ठगीको उजुरी 

विभागले पुस महिनामा ४ वटा म्यानपावर कम्पनीको आकष्मिक अनुगमन गरेको जनाएको छ । आरबी ओभरसिज, लाइफलाइन प्रा. लि, वीन रिक्रुटमेन्ट प्रा. लि. को आकष्मिक अनुगमन गरिएको विभागले जनाएको छ । विभागले आरबीको कारोबार रोक्का गरि २ लाख जरिवाना तिराएको छ त्यस्तै लाइफलाइनलाई ३ लाख र विनलाई २ लाख जरिवाना तिराएको छ । एक्टिभ इम्प्लोइमेन्ट सर्भिस विरुद्ध कन्सल्टेन्सीले वैदेसिक रोजगारीको लागि अन्तर्वार्ता लिएको विषयमा अनुसन्धान भईरहेको विभागले जनाएको छ । विभागले यस वर्षको ६ महिनाको अवधिमा कुल ३९ म्यानपावर कम्पनीलाई ५१ लाख ५० हजार रकम जरिवाना तिराएको छ ।

"मलेशिया जानु भनेको अमेरिका जानु सरह हो, १ लाख ३५ हजारमा एक पैसा कम हुन्न"

युएई जान लागत २ लाख ३० हजार: कामदारसँग रकम लिएर गन्दै गर्दा म्यानपावरमा छापा

रसुवा ओभरसिजमा विभागको छापा, युएईको लागि एक लाख ८५ हजार बुझ्दै गर्दा रङ्गेहात समातिए

मलेसिया जान १ लाख २० हजार लिंदा-लिंदै समातिए एजेन्ट

साझा सबाल मिडियाद्वारा श्रमिकका १० हजार जिज्ञासा सम्बोधन

यस बिषयमा तपाइको प्रतिक्रिया...!