माघ १२, दाङ | दुबईमा भवन निर्माण गर्ने क्रममा लडेर एक नेपाली युवकको मृत्यु भएको छ | मृत्यु हुनेमा दाङको बबई गाउँपालिका ५ बबरपुर बस्ने ३५ वर्षीय सोमराज वली रहेका छन् |
स्थानीय प्रेम केसीका अनुसार दुबईमा भवन निर्माणका क्रममा उनको लडेर मृत्यु भएको हो | भवन निर्माणको क्रममा लडेर गम्भीर घाइते भएका वलीको उपचारको क्रममा मृत्यु भएको बताइएको छ |
माघ १२ गते मृत्यु भएका उनी करिब २ वर्ष देखि बैदेशिक रोजगारीको शिलशिलामा दुबई गएका थिए |
यस बिषयमा तपाइको प्रतिक्रिया...!