दुबईमा रहेका नेपालीलाई अत्यन्त जरुरी सूचना

Posted on: 12 Feb, 2020

माघ २९, काठमाडौँ | दुबईमा रहेका नेपालीले आउँदो शुक्रबार बरदुबईमा गएर निःशुल्क स्वास्थ्य परीक्षण गर्न सक्ने छन | फागुन २ गते नेपाली समाज यूएई र दुबईको रसिदिया पोलीक्लिनिकको सहयोगमा बरदुबईमा एक दिने स्वास्थ्य परीक्षण गर्न लागिएको हो |

नेपाली समाजको स्वास्थ्य सचेतना अभियान मार्फत स्वास्थ्य परीक्षण गरि नेपालीलाई सेवा प्रदान गर्न लागेको समाजले जनाएको छ | स्वास्थ्य परिक्षण कार्यक्रम शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ |

उक्त ठाउँमा धेरै नेपालीहरु जमघट हुने भएकाले समाजले स्वास्थ्य परीक्षणको कार्यक्रम राखेको छ |

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!