फागुन १, काठमाडौं | कुवेतमा निर्माणस्थलमा पुरिएर ४ नेपालीको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् | बुधबार कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर ४ नेपालीको मृत्यु भएको त्यँहाका संचारमाध्यमहरुले जनाएका छन् |
समाचारका अनुसार घटनामा ज्यान गुमाउने नेपाली को–को हुन् भन्नेबारे भने खुलाइएको छैन | घाइते भएका ३ जना नेपालीको उपचार भइरहेको छ | घाइतेको पहिचान भने हुनसकेको छैन | प्रत्यक्षदर्शीका अनुसार निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला ढिस्को खसेको थियो |
घटनालगत्तै ७ लाई उद्धार गरेर अस्पताल लगिएकोमा ४ को ज्यान गएको ब्ताइएको छ | उक्त ढिस्कोमा पुरिएका सबै कामदार चिनियाँ कम्पनीका हुन् |
यस बिषयमा तपाइको प्रतिक्रिया...!