दुवईमा स्मरणशक्ति गुमाएकी याम कुमारी थापाको परिवार सम्पर्कमा

Posted on: 18 Feb, 2020

फागुन ६, काठमाडौं । वैदेशिक रोजगारीका लागि युएईमा रहेर स्मरणशक्ति गुमाएकी याम कुमारी थापाको परिवार सम्पर्कमा आएको छ । दुवईमा स्मरणशक्ति गुमाएर सबैथोक बिर्सिएकी थापाको परिवार उनको उद्धारको लागि पहल गर्न गोरखाबाट काठमाडौं आएका

हुन् । 

थापाको बारे युएईको गुल्फ़ न्युजलाई उदृत गर्दै सोमबार नेपाली संचार माध्यममा समाचार प्रकाशित/प्रशारण भएको थियो । सोहि जानकारीको आधारमा थापाको श्रीमान् लालबहादुर थापा आफ्नो श्रीमतीको उद्धारको पहल गर्न काठमाडौं आएका हुन् ।

दुवईमा स्मरणशक्ति गुमाएर रसिद अस्पताल दुबईमा उपचार गराईरहेकी बेबारिसे यम कुमारी थापा आफ्नी आमा भएको शृजना थापाले बताइन् । उनले उनकी आमा यम कुमारी थापाको गोरखाबाट जारी भएको नागरिकता नम्बर ५२६९९ र राहदानी नम्बर ४८६५२७७ भएको दावी गरेकी छिन् । उनले उपलब्ध गराएको पासपोर्ट नम्बरमा पछिल्लो पटक सन् २०१४ जुलाई २ तारिकमा युएइको श्रम स्विकृति जारी भएको छ । 

१ महिना अघिसम्म सम्पर्क रहेकी आमा यमकुमारी विरामी भएको जानकारी पाएको तर त्यसपछि कुनै सम्पर्क हुन नसकेको उनले बताइन् । युएई रहेकी आमा यमकुमारीसँग १ महिना पहिला टेलिफोनमा कुरा गर्दा आफूलाई रक्तचाप बढेकोले बिरामी भएको जानकारी गराएकी उनले बताइन् । उनले घरमा काम गरेकाले त्यस्तो भएको र घरको काम छोडेर कम्पनीमा भिसा लगाउने तयारीमा रहेको समेत जानकारी दिएकी थिइन् ।   

गोरखा जिल्ला गोरखा नगरपालिका फिनाम–८ ढुङ्गाडे घर भएकी यम कुमारी रोजगारीको लागि ४ बर्ष पहिले युएई गएको छोरी शृजना बताउँछिन्। बुबा लाल बहादुर थापासहित ३ दाजु र १ बहिनी र उनी गोरखा बस्दै आएका छन् ।

युएईमा नेपाली महिलाले स्मरणशक्ति गुमाइन्, उनको परिवारको खोजी हुँदै

यस बिषयमा तपाइको प्रतिक्रिया...!