वैदेशिक रोजगार: साउदी अरव जान श्रम स्वीकृति लिने सबैभन्दा बढी (देशगत विवरण सहित)

Posted on: 21 Feb, 2020

फागुन ९, काठमाडौँ | पछिल्लो माघ महिनामा साउदी अरव जानको लागि सर्वाधिक कामदारले श्रम स्वीकृति लिएको देखिएको छ । वैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको माघ महिनाको मासिक प्रगति विवरण अनुसार माघ महिनामा मात्र साउदी अरवमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेहरुको शंख्या ११ हजार ११० रहेको छ ।

बिभागको अनुसार साउदी पछि सर्वाधिक श्रम स्वीकृति कतारको लागि लिईएको छ । कतारमा रोजगारीको लागि माघ महिनाभरमा १० हजार ७६४ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै तेश्रो नम्बरमा मलेसिया जानका लागि १० हजार ५४४ जनाले श्रम स्वीकृति लिएको देखिएको छ । 

क्रमश: कुन देश जान कति जनाले श्रम स्वीकृति लिए तल हेर्न सक्नुहुनेछ: 

१. साउदी अरव - ११११० जना (महिला शंख्या: ६७ जना) 

२. कतार - १०७६४ जना (महिला शंख्या: ४०१ जना)

३. मलेसिया - १०५४४ जना (महिला शंख्या: १६० जना) 

४. युएई - १००८९ जना (महिला शंख्या : १२५९ जना) 

५. कुवेत - २२९८ जना (महिला शंख्या: ३०५ जना) 

६. बहराइन - ८८९ जना (महिला शंख्या: १३२ जना) 

७. ओमान - ५४१ जना (महिला शंख्या: ६६ जना)

८. जापान - ४०९ जना (महिला शंख्या: २० जना)

९. साइप्रस - ३११ जना (महिला शंख्या: २७० जना)

१०. रोमानिया - २३६ जना (महिला शंख्या: ३९ जना)

११. जोर्डन - २२९ जना (महिला शंख्या: २१८ जना)

१२. माल्टा - १७३ जना (महिला शंख्या: ४७ जना)

१३. माल्दिभ्स - १६३ जना (महिला शंख्या: ५२ जना)

१४. अफगानिस्तान - १२७ जना (महिला शंख्या: ० जना)

१५. टर्की - १०० जना (महिला शंख्या: ५९ जना) 

वैदेशिक रोजगार विभागले हरेक महिना कति कामदार वैदेशिक रोजगारीमा कुन-कुन मुलुक गए ? कुन म्यानपावरबाट कति गए भन्ने विवरणहरु सार्वजनिक गर्दै आएको छ । बिभागको अनुसार माघ महिनामा मात्र व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति मार्फत वैदेशिक रोजगारमा जानको लागि ८२ वटा देशमा ४८ हजार ६७४ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ३ हजार १८९ जना महिला कामदार रहेका छन् । 

बिभागको अनुसार माघ महिनामा मात्र ७ सय ५४ म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीमा पठाउनको लागि २५ हजार १७१ जनाको श्रम स्वीकृति जारी गरिएको छ । गत माघ महिनामा कुल ४८ हजार ६७४ जनाले श्रम स्वीकृति लिएकोमा २७ हजार ४१७ अनस्किल्ड, १६ हजार ७१९ स्किल्ड, ४ हजार ४९१ सेमी स्किल्ड, ४२ जना प्रोफेसनल र ५ जना मात्र हाई स्किल्ड कामदारले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगारको सबै अपडेट पाउन - 'Baideshik Rojgar' मोबाइल एप डाउनलोड गर्न्नुहोस

यस बिषयमा तपाइको प्रतिक्रिया...!