टर्की र ग्रिस पठाइदिने भन्दै ३२ जनाबाट ४० लाख ठगी गर्ने पक्राउ

Posted on: 23 Feb, 2020

फागुन ११, काठमाडौँ | टर्की र ग्रिस पठाइदिने भन्दै लाखौ ठगीको आरोपमा एकजना पक्राउ परेका छन् |

 काठमाडौं महानगरपालिका ६, चुच्चेपाटीका ५२ वर्षीय कमलप्रसाद पोखरेललाई ३२ जनाबाट ४० लाख ठगेको आरोपमा पक्राउ गरिएको छ | महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको छ | आकर्षक तलब हुन्छ भन्दै ३२ जनाबाट ३९ लाख ५६ हजार ठगी गरेको पाइएको महाशाखाले जनाएको छ | 

उनलाई थप अनुसन्धानका लागि  वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!