श्रममन्त्री यादव मरिसस प्रस्थान

Posted on: 25 Feb, 2020

 फागुन १३, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज साँझ मरिसस प्रस्थान गरेको छ । नेपाल र मरिससबीच गत जेठमा भएको श्रम समझदारी कार्यान्वयनको प्रक्रियालाई टुङ्गोमा पु¥याउन नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो । 

भ्रमणका क्रममा मरिससमा प्रतिनिधिमण्डलस्तरमा वार्ता हुने र त्यसले कामदार पठाउने ‘मोडालिटी’को टुङ्गो लगाउने मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिनुभयो ।

श्रम समभदारी भएको आठ महिना नाघे पनि समझदारीको प्रावधानअनुसार नेपाली कामदार मरिसस जान सकेका छैनन् ।

नेपाली प्रतिनिधिमण्डलमा श्रम मन्त्रालयका सचिव, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिवलगायत रहेका छन् । नेपाली प्रतिनिधिमण्डल आगामी सोमबार स्वदेश फर्कने छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!