यूएईस्थित नेपाली दूतावासको निर्णय : मागपत्र प्रमाणीकरणको काम बन्द

Posted on: 16 Mar, 2020

चैत ३, काठमाडौँ | विश्वभरी कोरोनाभाइरसको कारण यूएईस्थित नेपाली दूतावासले श्रमिकको मागपत्र प्रमाणीकरणको काम बन्द गर्ने भएको छ | युएईमा दिइँदै आएको श्रमिकको मागपत्र प्रमाणीकरणको काम मंगलबारदेखि बन्द गर्ने यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ |

भोलि मंगलबार देखि अर्को सूचना जारी नभएसम्मका लागि प्रमाणीकरण  सेवा बन्द गरिने दुतावासले जारी गरेको सुचनामा भनिएको छ | तर ट्राभल डकुमेन्ट, शव नेपाल पठाउने, एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउनेजस्ता आवश्यक सेवा भने सुचारू जनाइएको छ |

नेपाल सरकारले फागुन २९ देखि अनिश्चितकाल सम्मका लागि  श्रम स्वीकृति स्थगित गरेको थियो | त्यसकारण विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले समेत श्रम र कन्सुलर सम्बन्धीका सेवा बन्द गर्ने निर्णय गरेका हुन् |




यस बिषयमा तपाइको प्रतिक्रिया...!