पोर्चुगलमा रहेका एक नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि, ७४ जना क्‍वारेन्टाइनमा

Posted on: 16 Mar, 2020

चैत्र ३, काठमाडौं । पोर्चुगलमा रहेका एक नेपालीलाई नोबल कोरोना (कोभिड-१९) को संक्रमण भएको छ । पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एक नेपालीमा नोबल कोरोना (कोभिड-१९) को पुष्टि भएको स्थानीय संचार माध्यमले जनाएका छन् । 

एक नेपालीलाई कोरोना पोजेटिभ देखिएपछि संक्रमण फैलन नदिन उनीसँगै काम गर्ने र उनको सम्पर्कमा भएका ७४ जनालाई क्‍वारेन्टाइनमा राखिएको जनाइएको छ।  उनीसँग बस्‍ने र सम्पर्कमा आएका ७४ जना नेपालीलाई क्‍वारेन्टाइनमा राखिएको छ । 

कोरोना पुष्टि भएपछि स्थानीय स्वास्थ्य प्रतिनिधि, विदेशी र सीमा हेर्ने निकाय (सेफ) ले नेपालीहरुलाई भेला गराएका थिए । आइतबार साँझ उनीहरुलाई इन्सिनो ब्यासीको २-३ सान्टो आन्तोनिऊ फारोमा राखिएको छ। सबै नेपालीहरु एउटै कम्पनीबाट कृषिमा काम गर्दै आएको स्थानीय सञ्‍चारमाध्यमले जनाएका छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!