मलेसियास्थित नेपाली दुतावासले पनि रोक्यो मागपत्र प्रमाणीकरण

Posted on: 17 Mar, 2020

चैत्र ३, काठमाडौं । मलेसियास्थित नेपाली दुतावासले मागपत्र प्रमाणीकरण कार्य रोक्ने निर्णय गरेको छ । दुतावासले मंगलबार एक सूचना जारी गर्दै मागपत्र प्रमाणीकरण कार्य चैत्र ६ गतेदेखि अनिश्वितकालका लागि स्थगित गरेको जनाएको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरसको कारण मलेसियाले सबै विदेशी नागरिकहरुलाई मलेसिया जानको लागि १८ देखि ३१ मार्च सम्म रोक लगाउने निर्णय गरिसकेको छ । यो समयमा मलेसियाका अति आवश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । 

मलेसिया सरकारको सोहि निर्णय अनुरुप दुतावासले पनि चैत्र ६ गतेदेखि १८ गतेसम्मका लागि दुतावासको नियमित कन्सुलर सेवाहरु पनि स्थगित गरेको जनाएको छ । तर अत्याश्यक वा विशेष परिस्थितिमा यी सेवाहरु विहान १० वजेदेखि १ बजेसम्म संचालन गरिने दुतावासले जनाएको छ । साथै दुतावासले कुनै अति आवश्यक जानकारी लिनु परेमा दुतावासको ०३-२०२०१८९८, ०३-२०२०१८९९ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

मागपत्र प्रमाणीकरण कार्य धमाधम स्थगित गर्दै दुतावास, व्यवसायी भन्छन्- रोक्नुपर्ने कारण छैन


यस बिषयमा तपाइको प्रतिक्रिया...!