चैत ४, काठमाडौं | बैदेशिक रोजगारीका लागि दुबई पठाइ दिन्छु भन्दै १० लाख ठगीगरेको आरोपमा एक जना पक्राउ परेका छन् | पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका-४ खुङ्गा स्थायी घर भई हाल काठमाडौंको रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेका छन् |
सोमबार पीडितहरुको उजुरीको आधारमा महानगरीय अपराध नियन्त्रण महाशाखाले मगरलाई काठमाडौँको गोंगबुबाट पक्राउ गरेको हो | आकर्षक तलव सुविधाको प्रलोभन देखाइ वर्किङ भिषामा दुबई पठाइ दिने भन्दै मगरले ९ जना व्यक्तिहरुबाट १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरेर फरार भएको उजुरीका आधारमा पक्राउ गरेको महाशाखाले जनाएको छ |
महाशाखाका अनुसार,उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा पठाइए छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!