दुबईमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

Posted on: 19 Mar, 2020

चैत ६, काठमाडौँ | दुबईमा रहेका नेपालीहरुलाई आफूले काम गरिरहेको कम्पनीको भिसा रद्द गर्ने, आवास छोडने, विदा लिई नेपाल जाने,आफ्ना परिवारका सदस्यहरूलाई युएइ ल्याउनेलगायतका कार्यहरू नगर्न दूतावासले आग्रह गरेको छ |

बुधबार बसेको नेपाल सरकार, नोभेल कोरोना (COVID-19) रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले युरोपका सबै मूलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मूलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मूलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मूलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० को मध्यराती देखि लागू हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेकोले उक्त कार्य नगर्न दूतावासले आग्रह गरेको हो |

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, 'संयुक्त अरब इमिरेट्समा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आफूले काम गरिरहेको कम्पनीको भिसा रद्द गर्ने, आवास छोडने, विदा लिई नेपाल जाने, आफ्ना परिवारका सदस्यहरूलाई युएइ ल्याउनेलगायतका कार्यहरू तत्कालका लागि नगर्नुहुन नेपाली राजदुतावास,अबुधाबी अनुरोध गर्दछ |'

त्यस्तै युएइको पहिचान र नागरिकताको लागि संघीय प्राधिकरण (Federal Authority for Identity and Citizenship)को सूचना अनुरूप युएइको आवासीय भिसा भएका व्यक्तिहरूका लागि १९ मार्च २०२० को अपरान्ह १२ बजेदेखि  हाल दुईहप्ताका लागि आगमन निषेध गरिएको समेत दुतावासले जानकारी दिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!