यूएईद्वारा सबै श्रम स्वीकृति अनिश्चितकाल सम्मका लागि बन्द

Posted on: 20 Mar, 2020

चैत ७, एजेन्सी | संयुक्त अरब इमिरेट्स (यूएई) ले अनिश्चितकाल सम्मकालागि श्रम स्वीकृति दिन बन्द गरेको छ | विश्वभरी फिलिरहेको कोरनाभाइरस(कोभिड-१९)का कारण सबै प्रकारका श्रम स्वीकृति दिन बन्द  गरिएको अधिकारीहरुले बताएका छन् |

खाडी मुलुक यूएईमा बिहीबारसम्म ११३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ | देशको श्रम मन्त्रालयले राष्ट्रिय आपत, सङ्कट र प्रकोप व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा यस्तो निर्णय गरेको हो |

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दुई लाख सात हजार जना प्रभावित भएका छन् |

कोरोनाको सङ्क्रमण अहिलेसम्म १६६ देशमा पुगेको छ | कोराना भाइरसका कारण दश हजार मानिसको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!