रोमानियामा ५ सय नेपाली कामदारलाई बेतलबी बिदा, १ हजार श्रमिकले ७५ प्रतिशत पारिश्रमिक पाउने

Posted on: 01 Apr, 2020

चैत १९, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि रोमानियामा कार्यरत ५ सय नेपाली श्रमिकहरुलाई रोजगारदाताले बेतलबी बिदामा राखेका छन् । मेड सर्भिस्, हस्पिटालिटी, निमार्ण र अन्य क्षेत्रमा कार्यरत मध्ये हस्पिटालिटी क्षेत्रमा कार्यरत ५ सय श्रमिकहरुलाई बेतलबी बिदामा राखिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए ।

निमार्ण तथा अन्य क्षेत्रमा कार्यरत रहेका १ हजार श्रमिकहरुलाई रोजगारदाताहरुले ७५ प्रतिशत पारिश्रमिक उपलब्ध गराउने गरी बिदामा राखिएको उनले बताए । महावाणिज्यदूत नवराज पोखरेलको प्रयासमा कामदार र रोजगारदाताबीच यस्तो सहमति गराउन सफल भएको श्रेष्ठले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!