कुवेतमा तेश्रो नेपालीमा कोरोना संक्रमण

Posted on: 08 Apr, 2020

चैत २६, काठमाडौँ | कुवेतमा तेश्रो नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएको हो । 

कुवेतमा यस अघि नै दूइ नेपालीमा कोरोना संक्रमण देखिएको थियो । कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार एक नेपालीसहित ११२ जना नयाँ संक्रमित भेटिएको जानकारी दिइएको छ । 

नेपालीहरुको प्रमुख श्रम गन्तव्य मध्ये एक मानिएको कुवेतमा ७० हजार नेपाली कार्यरत छन् । यहाँ हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने कुल संख्यामा ८५५ पुगेको छ । जस मध्ये १ जनाको मृत्यु भएको छ । कुवेतमा संक्रमित मध्ये ७४३ जना अझै पनि आइसोलेसनमा छ भने ११ जना कोरोना मुक्त भएका छन् ।

कुवेतस्थित नेपाली दूतावासले कोरोना भाइरसबाट बञ्‍चको लागि उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई आग्रह गरेको छ । 

मंगलबार कुवेतमा रहेका नेपालीहरुको स्थितिबारे प्रधानमन्त्री केपी शर्मा ओली तथा कुवेतका प्रधानमन्त्री His Highness Sheikh Sabah Khalid Al-Hamad Al-Sabah बीच टेलिफोन-संवाद भएको दुतावासले जनाएको छ । उक्त संवादमा प्रधानमन्त्री ओलीले कुवेतमा कार्यरत नेपालीहरूको सुरक्षा र कल्याणबारे चासो राखेका थिए । प्रत्युत्तरमा कुवेतका प्रधानमन्त्रीले नेपालीहरूलार्इ कुनै पनि किसिमको अप्ठ्यारो पर्न नदिने र उनीहरूको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!