युएई र कतारमा रहेका नेपालीहरुलाई अत्यन्त जरुरी सूचना

Posted on: 17 May, 2020

जेष्ठ ४, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि कतार र युएईले थप कडाई गरेका छन् । युएई र कतारले सही तरिकाले मास्क नलगाएको पाइएमा ठूलो आर्थिक जरिवाना गर्ने निर्णय गरेका छन्  ।

कतारले मे १७ तारिख देखि मास्क नलगाई बाहिर हिंडेको भेटिएमा २ लाख कतारी रियालसम्म जरिवाना, तीन बर्षसम्म कैदा वा दुवै सजाय हुने चेतावनी दिएको छ । कतारको आन्तरिक मन्त्रालयले विभिन्न भाषामा सुचना प्रकाशित गर्दै यसमा सजग रहन आग्रह गरेको छ । एक्लै गाडी चलाइरहेका व्यक्तिमा भनें गाडीभित्र रहँदा यो नियम लागु हुने छैन । तर सुरक्षाका हिसावले मास्क लगाउनु नै उचित हुने यस क्षेत्रमा कार्यरतहरुको भनाई छ ।

यसैगरी दुवईमा मास्क नलगाए वा सही तरिकाले नलगाएको भेटेमा दुवई प्रहरीले १ हजार दिराम (झण्डै नेरु ३२ हजार) जरिवाना हुने चेतावनी दिएको छ । घर बाहिर जाँदा सही तरिकाले मास्क लगाउन आवश्यक रहेको दुवई प्रहरीले जनाएको छ । अन्यथा १ हजार दिराम जरिवाना तिर्न तयार रहन प्रहरीले चेतावनी दिएको हो । कतिपयले लगाएको मास्क नाक र मुख भन्दा तल झुण्डिरहेको, घाँटिमा लगाएको, पाईण्टको खल्तीमा हालेर हिंडेको देखिएको भन्दै सही तरिकाले मास्क लगाउन प्रहरीले चेतावनी दिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!