साउदी अरबमा ६ दिन पूर्ण कर्फ्यू लगाईने, अत्यावश्यक खाद्यान्न जोहो गर्न दुतावासको अनुरोध

Posted on: 17 May, 2020

जेष्ठ ४, काठमाडौं । साउदी सरकारले ५ दिनसम्म साउदी अरबका सबै क्षेत्र र शहरहरुमा कर्फ्यू लगाउने निर्णय गरेको छ । साउदी सरकारले इद पर्वका मुख्य दिनहरु मे २३-२७, २०२० सम्म साउदी अरबका सबै क्षेत्र र शहरहरुमा २४ घन्टे कर्फ्यू लगाउने निर्णय गरेको साउदीस्थित नेपाली महावाणिज्य दुतावासले जनाएको छ ।

सो समयका लागि चाहिने अत्यावश्यक वस्तु तथा खाद्यान्न पहिले नै जोहो गरि कर्फ्युको पूर्ण पालना गर्न नेपालीहरुमा दुतावासले अनुरोध गरेको छ । साथै इद पर्वको अवसरमा गत वर्षहरुमा जस्तो जमघट वा भेटघाट नगर्न पनि दुतावासले अनुरोध गरेको छ ।

कोरोना संक्रमणका कारण विभिन्न समस्यमा पर्नुभएका नेपाली नागरिकहरुले जेठ २ गतेदेखि आफ्नो विवरण अनलाइन फारमबाट नेपाली राजदूतावासमा पेश गर्नुहुन अनुरोध गरेको छ । फारमका लागि https://forms.gle/QnLh2qifkHNXRh5w6 मा थिच्नुहोस् र मागेको विवरण भर्न सकिनेछ  । उक्त फारम नेपाली राजदूतावासको वेभसाइट https://sa.nepalembassy.gov.np मा गई Registration Form लेखिएकोमा थिचेर पनि फारम भर्न सकिन्छ । यस अघि टेलिफोन, ह्वाट्सएप तथा इमेलबाट आफ्नो विवरण टिपाउनु भएकाहरुको यो फारम भर्नु नपर्ने समेत जानकारी गराइन्छ । नेपाली राजदूतावासको रिसिप्सनको टेलिफोन नम्वर ०११४६१११०८ र हटलाइन नम्वर ०५५९३८९६०० सदा झै सम्पर्क गर्न सकिने दुतावासले जनाएको छ ।

साथै, साउदी सरकारले विभिन्न समयमा जारी गरेका अन्य आदेश र निर्देशनहरुः ५ जना भन्दा बढी भेला हुन नपाउने, आफ्नो आवास बाहेक अन्यको आवासमा गई भेटघाट हुन र भोजभतेर गर्न नपाउने, बन्दै गरेका वा प्रयोगमा नभएका भवनहरुमा जम्मा हुन नहुने कर्फ्यूको आदेशको मानमर्दन हुने प्रकारका पोष्टहरु नगर्ने लगायतका विषयमा सदा ध्यान दिनुहुन नेपाली राजदूतावास पुन अनुरोध गर्दछ । कुनै व्यक्ति वा समूहको भड्काउ वा लहैलहैमा लागेर सामाजिक र सांस्कृतिक सद्भावमा खलल पुग्ने वा कसैको आस्थामा चोट पुग्ने कुनै कार्य नगर्न नगराउनुहुन पनि  राजदूतावासले अनुरोध गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!