साउदीमा रहेका नेपालीहरुलाई दुतावासको अत्यन्त जरुरी सूचना

Posted on: 21 May, 2020

जेठ ८, काठमाडौं। वैदेशिक रोजगारीमा साउदीमा रहेका १३ सय भन्दा बढीलाई कोरोना भाइरस संक्रमण भएको छ । साउदीस्थित नेपाली दुतावासाले दिएको जानकारी अनुसार हालसम्म १३ सय ६४ जना नेपाली नागरिकहरूमा कोरोना भाइरसको संक्रमण भएको छ । 

संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ गरी राजदूतावाले हेर्ने क्षेत्रमा १०१६ जना र जेद्दा क्षेत्र (जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना) मा ३४८ जना संक्रमित भएका छन् । संक्रमित मध्ये १७ जना महिला रहेका छन् । संक्रमित मध्ये ७ जना नेपालीको निधन दुतावासले जनाएको छ । 

दुतावासले जारी गरेको महत्वपुर्ण जानकारी 

१. कोरोना संक्रमणका कारण खाद्यान्न र आवासको समस्यामा पर्नुभएका धेरै नेपालीहरुलाई नेपाली राजदूतावासले साउदी अरबमा क्रियाशील संघ संस्थाहरुसँगको सहकार्यमा खाद्यान्न तथा अत्यावश्यक आवासको व्यवस्था गर्दै आएको छ । खाद्यान्नका अतिरिक्त राजदूतावासले केही नेपालीहरुलाई चिकित्सकको सल्लाह अनुसारको अत्यावश्यक औषधि तथा औषधिजन्य सामाग्रीहरु उपलव्ध गराएको छ । साथै, राजदूतावासले रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वास सम्बन्धी उपचार गर्न साउदी सरकारले व्यवस्था गरेका निकायसँग सम्पर्क स्थापना गर्न कठीन् भई राजदूतावासमा फोन गर्ने नेपालीहरुलाई तोकिएका स्वास्थ्य सम्बन्धी निकायको ध्यानाकर्षण गराई उपचार गर्न मद्यत गर्दै आएको छ भने परामर्शका लागि नेपाली चिकित्सकले पनि मद्यत गर्नुभएको छ  । तसर्थ, महामारीको यस घडीमा खाद्यान्नको वास्तविक अभाव भएका नेपालीहरुले नेपाली राजदूतावास वा आफ्नो सम्पर्कमा रहेका संघसंस्थामा सम्पर्क गर्नुहुन अनुरोध छ । त्यस्तै, रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य जाँच गराउनुहुन र सोबाट समस्या समाधान नभएमा सदाझैँ राजदूतावास र संघसंस्थाको सहयोगका लागि फोन गर्नुहुन अनुरोध छ । 

२. कोरोना संक्रमणका कारण विभिन्न समस्यमा परेका नेपालीहरुको विवरण संकलन गर्न नेपाली राजदूतावासले २०७७।२।१ गतेदेखि अनलाइन फारमबाट सार्वजनिक गरेको जानकारी नै छ । धेरै नेपालीहरुले अनलाइनबाट आफ्नो विवरण भर्न नजानेर समस्या भएको गुनासो गर्नुभएको छ । यसका लागि आफ्नो सम्पर्कमा रहेका नेपालीहरूलाई यो फारम भर्न मद्यत गरिदिनुहुन संघसंस्थाहरु तथा सचेत र समाजसेवी सबैमा अनुरोध छ । फारमका लागि https://forms.gle/QnLh2qifkHNXRh5w6 मा थिच्नुहोस् र मागेको विवरण भर्नुहोस् । उक्त फारम नेपाली राजदूतावासको वेभसाइट https://sa.nepalembassy.gov.np मा गई Registration Form लेखिएकोमा थिचेर पनि फारम भर्न सकिन्छ । यस अघि टेलिफोन, ह्वाट्सएप तथा इमेलबाट आफ्नो विवरण टिपाउनु भएकाहरुको यो फारम भर्नु नपर्ने समेत जानकारी गराइन्छ । नेपाली राजदूतावासको रिसिप्सनको टेलिफोन नम्वर ०११४६१११०८ र हटलाइन नम्वर ०५५९३८९६०० मा  सदा झैँ सम्पर्क गर्न सकिने छ । 

३. साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको लिखित जानकारी अनुसार साउदी अरबमा मार्च २, २०२० देखि अाजसम्म ६५,०७७ जना संक्रमित भएका छन् । संक्रमितनहरु मध्ये आधा भन्दा बढी निको भई फर्केका र मृत्युदर पनि न्यून रहेको पाइएको छ । साउदी सरकारले दिएको जानकारी अनुसार १३६४ जना नेपाली नागरिकहरूमा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ गरी राजदूतावाले हेर्ने क्षेत्रमा १०१६ जना र जेद्दा क्षेत्र (जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना) मा ३४८ जना संक्रमित भएका छन् । संक्रमित मध्ये १७ जना महिला रहेका छन् । संक्रमित मध्ये ७ जना (यस मध्ये ३ जना महावाणिज्यदूतावास जेद्दाको सूचनामा उल्लेख) नेपालीको निधन भएको छ । साउदी अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने नेपालीहरुको संख्या उत्साहजनक रहेको छ । कोरोनाको संक्रमण भएकाहरुसँग टेलिफोन सम्पर्कमा आउनुहुने सबैजनाले उहाँहरुलाई उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गरिदिनुहुन अनुरोध छ । उच्च मनोबलले रोगसँग लड्ने क्षमता वृद्धि गर्दछ । 

४. मे २३ देखि २७, २०२० सम्मका लागि साउदी सरकारले जारी गरेको कर्फ्यू आदेशको अनिवार्य पालना गर्नुहुन अनुरोध छ । 

यसैविच दुतावासले साउदी अरबमा रहनुभएका नेपालीहरुमा रुघाखोकी, ज्वरो वा स्वास्थ्य सम्बन्धी थप चिकित्सा परामर्श सेवा लिन सकिने जनाएको छ । कोरोना भाइरसको संक्रमण विस्तारसँगै साउदीमा रहेका नेपालीहरुले आफ्नो स्वास्थ्यको बारेमा चासो राख्दै उल्लेखनीय संख्यामा टेलिफोन गर्ने गरेको दुतावासले जनाएको छ । यसरी टेलिफोन गर्ने नेपालीहरुको स्वास्थ्य चासोलाई सम्बोधन गर्न साउदी अरबमा रहनुभएका नेपाली चिकित्सक डा. अनिरुद्र पाठकज्यूले ईच्छा देखाई सहयोग पुर्याउँदै आउनु भएको छ । नेपालीहरुको स्वास्थ्य चासोलाई सम्बोधन गर्न हायल विश्वविद्यालयमा प्राध्यापनरत डा. मुख्तर अन्सारी (फार्मेसी) ज्यूले पनि ईच्छा देखाउनु भएको हुँदा उहाँहरुलाई निम्न अनुसार सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या  सम्बन्धी  परामर्श लिनुहुन दुतावासले अनुरोध छ । 

सम्पर्कः

१. डा. अनिरूद्र पाठक, जनरल फिजिसियन

ढाका मेडिकल सेन्टर, बथा, रियाद ।

टेलिफोन नम्वरः ०५४६३५६०२३

(यो नम्वरमा imo र WhatsApp पनि छ । तसर्थ आफ्नो समस्या लेखेर पठाउन पनि सकिने छ )

सम्पर्क समयः बिहान ११ बजेदेखि दिनको ३ बजेसम्म

२. डा. मुख्तर अन्सारी, फार्मेसी

हायल विश्वविद्यालय, हायल ।

टेलिफोन नम्वरः ०५५४८३६०३७

(यो नम्वरमा imo र WhatsApp पनि छ । तसर्थ आफ्नो समस्या लेखेर पठाउन पनि सकिने छ )

सम्पर्क समयः दिनको २ बजेदेखि राती ११ बजेसम्म

माथि उल्लेख व्यक्तिहरुको सेवा पूर्णतः स्वयंसेवाको भावनाबाट भएकाले उहाँहरुको समयलाई ख्याल गरिदिनुहुन सबैमा अनुरोध छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!