साउदी अरबमा कोरोना संक्रमितहरुको संख्या ७६,७२६, नेपाली दुतावासले जारी गर्यो सूचना

Posted on: 26 May, 2020

जेठ १३, काठमाडौँ | साउदी अरबमा कोरोना संक्रमितहरुको संख्या ७६,७२६ पुगेको छ । साउदीमा कूल संक्रमितहरु मध्ये ४८,४५० निको भएका छन् भने ४११ जनाको  मृत्यू भएको छ ।

साउदीस्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार हाल दैनिक २ हजार भन्दा बढी संख्यामा कोरोनाको संक्रमण भएता पनि संक्रमितहरूको संख्या दिनानुदिन घट्ने क्रममा छ । सो संख्या आज दुईहजार भन्दा कम रहेको छ ।

साउदीमा संक्रमणबाट निको हुनेहरुको संख्या उत्साहजनक हुनुका साथै मृतकहरूको संख्या समेत संक्रमणको तुलनामा न्यून रहेको सरकारले जनाएको छ ।


नेपालीहरुलाई दुतावासको सूचना 

साउदी सरकारले रमदान र ईद पर्वको समाप्तिसँगै कोरोना संक्रमण नियन्त्रणमा विगत दुई महिना भन्दा लामो समयदेखि लगाएका केही बन्देजका प्रावधानहरुलाई विभिन्न ३ चरणमा विभाजन गरी  खुकुलो बनाउँदै लाने निर्णय गरेको छ । यहाँकाे आन्तरिक मामिला मन्त्रालयले आज जारी गरेको सूचना श्रोतलाई उल्लेख गर्दै साउदी प्रेस एजेन्सीले दिएको जानकारी अनुसार पहिलो चरण (मे २८ देखि मे ३०, २०२० सम्म) मा मक्का बाहेका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई  बिहान ६ बजेदेखि अपरान्ह ३ बजेसम्म खुला गरिएको छ । बाँकी समय लकडाउन हुनेछ । यस अघिको लकडाउनमा  प्रान्त र क्षेत्रहरुबीचको आवागमन बन्द गरिएको थियो ।  यस अवधिमा खुद्रा तथा होलसेल पसलहरु तथा मलहरु पुनः संचालनमा आउने भएका छन् भने सामाजिक दुरी कायम गर्नुपर्ने beauty saloons, barber shops, sports clubs, health clubs, entertainment centers and cinemas लगायत बन्द रहने छन् ।

दोस्रो चरणका रुपमा निर्धारण गरिएको मे ३१ देखि जून २०, २०२० मा मक्का बाहेका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई  बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म खुला गरिएको छ । साथै,  कोराना संक्रमण नियन्त्रणसम्बन्धी सबै गाइडलाइनहरुलाई पूर्ण पालना गर्ने गरी मन्त्रालय, सरकारी निकायहरु र निजी क्षेत्रका कम्पनीहरुमा कर्मचारीको उपस्थितिलाई पनि अनुमति दिइएको छ । सूचना अनुसार क्षेत्र र प्रान्तबीच चल्ने सार्वजनिक यातायातका साधनहरु भने संचालनमा आउने छैनन् । तर अन्तराष्ट्रिय उडानहरू भने अर्को सूचना नभए सम्मका लागि स्थगित नै रहने बुझिएको छ । यसैगरी यस अवधिमा रेष्टुरेण्ट र फुड तथा बेभरेज क्याफेहरु खुल्ने भएका छन् भने दोस्रो चरणमा पनि  beauty saloons, barber shops, sports clubs, health clubs, entertainment centers and cinemas लाई खोल्ने अनुमति दिइने छैन ।

तेस्रो र अन्तिम चरणका रुपमा विभाजन गरिएको जून २१ पछिको अवधिमा सरकारले  आर्थिक गतिविधिका  सबै क्षेत्रहरु खुल्ला गर्ने र लकडाउन भन्दा अगाडिको ‘सामान्य’ अवस्थामा मुलुकलाई लैजाने योजना बनाएको साउदी प्रेसले जनाएको छ ।

आजसम्म साउदी अरबमा कोरोना संक्रमितहरुको संख्या ७६,७२६ पुगेको छ । कूल संक्रमितहरु मध्ये ४८,४५० निको भएका छन् भने ४११ जनाको  मृत्यू भएको छ । हाल दैनिक २ हजार भन्दा बढी संख्यामा कोरोनाको संक्रमण भएता पनि संक्रमितहरूको संख्या दिनानुदिन घट्ने क्रममा छ । सो संख्या आज दुईहजार भन्दा कम रहेको छ । संक्रमणबाट निको हुनेहरुको संख्या उत्साहजनक हुनुका साथै मृतकहरूको संख्या समेत संक्रमणको तुलनामा न्यून रहेको सरकारले जनाएको छ ।

 नेपाल सरकारले विदेशमा विविध कारणले अफ्ठ्यारो अवस्थामा रहेका नेपालीहरुलाई प्राथमिकता बनाई स्वदेश लैजाने सम्बन्धमा आवश्यक आन्तरिक तयारी र लजिस्टिक्सको व्यवस्थापनको कार्य गरिरहेको र प्रकृयाले शीघ्र पूर्णता पाउने विश्वास रहेको छ ।

तसर्थ, साउदी सरकारले गरेका व्यवस्थाहरुको ध्यानपूर्वक विचार गर्नुहुन र स्वास्थ्यमा सावधानी पुर्याई आफ्ना गतिविधि गर्नुहुन  नेपाली राजदूतावास अनुरोध गर्दछ ।

------------------------

नेपाली राजदूतावास

रियाद ।

२०७७।२।१३ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!