मलेसिया र खाडीका देशमा ९ हजार नेपाली श्रमिक कोरोना संक्रमित, कुन देशमा कति संक्रमित ?

Posted on: 29 May, 2020

जेठ १६, काठमाडौं । विश्वयापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका विदेशमा रहेका हजारौं नेपाली प्रभावित हुन पुगेका छन् । खाडी र मलेसियामा रहेका नेपाली दूतावास र गैरआवसीय नेपाली संघ (एनआरएनए) का अनुसार यी देशमा ९ हजार २ सय ५७ जना नेपाली नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये ५३ जना निको भएका छन् ।

हालसम्म २६ नेपाली श्रमिकले कोरोनका कारण ज्यान गुमाएर्का छन् जसमध्ये युएईमा १८, साउदीमा ७ जना र कतारमा १ जनाको ज्यान गएको छ । नेपाली दूतावास र गैरआवसीय नेपाली संघ एनआरएनएका अनुसार अहिलेसम्म यूएईमा ५ सय , कुवेतमा ८४, कतारमा ६ हजार ९ सय ११ जना, मलेसियामा ६७ जना, साउदीमा १३ सय ६४, बहराइनमा ३३१ गरी जम्मा ९ हजार २ सय ५७ जना  नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये साउदीमा ३८, यूएईमा दुई र मलेसियामा १३ गरी ५३ जना निको भएर काममा फर्किएका छन् । तर साउदी, यूएई र कतारमा उल्लेख्य कोरोना सङ्क्रमित निको भएको त्यहाँको सरकारको भनाइ छ । 

यस्तै यी देशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख १४ हजार ४३३ पुगेको छ । जसमध्ये एक लाख १ हजार ९ हजार १०० जना उपचारपछि निको भइसकेका छन् भने १ लाख ४ हजार २४६ जनाको अस्पतालमा उपचार भइरहेको छ । यी देशमा कोरेानाका कारण १ हजार ८७ जनाले ज्यान गुमाएका छन् ।

विश्वका दुई सय १३ देशका ५९ लाख ५ हजार ४१५ जनामा सङ्क्रमण फैलिसकेको छ । तीन लाख ६२ हजार २४ जनाको ज्यान गएको छ भने २५ लाख ७९ हजार ६७८ जना निको भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!