वैदशिक रोजगारीका लागि भारतद्वारा श्रम स्वीकृति खुला, अब नेपालले के गर्ला ?

Posted on: 03 Jun, 2020

जेठ २१, काठमाडौं । भारतले वैदेशिक रोजगारीमा जाने कामदाहरुको श्रम स्वीकृति शुरु गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दोदरमा रहेपनि भारतले श्रम स्वीकृति दिने निर्णय गरेको हो  । 

भारतको गृह मन्त्रालयले त्यहाँको विदेश मन्त्रालयलाई आन्तरिक मेमो लेख्दै सम्वन्धित देशका नागरिक, ग्रीन कार्डवाहक, कम्तीमा तीन महिनाको आवासीय भिषा रहेका भारतीय नागरिक, अध्ययनका लागि जाने विद्यार्थी, वैदेशिक रोजगारी, ईन्टर्नसिप, उच्चशिक्षा अध्ययनका लागि भर्ना लगायतका काममा जानु पर्नेहरुलाई यात्रा अनुमति दिन सहमति दिएको छ ।

नेपाल सरकारको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो । त्यसको भालिपल्ट फागुन ३० देखि श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन रहेको छ । त्यसपछि  सबै म्यानपावर कम्पनी बन्द रहेका छन् । त्यसयता जापान र दक्षिण कोरीयामा केही नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार श्रम स्वीकृति स्थगनअघि रोजगारदाताले भिसा दिई वैदेशिक रोजगार विभागवाट विदेश अनुमति प्राप्त गरेका १ लाख १५ हजार कामदार विदेश जान पाएका छैनन् । पूर्व स्वीकृति प्राप्त गरेका ३ लाख २८ हजार ६ सय ८१ जना कामदारको अन्तिम श्रम स्वीकृति हुन सकेको छैन ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!