युएईस्थित नेपाली दूतावासको यस्तो अनुरोध

Posted on: 04 Jun, 2020

जेठ २२, काठमाडौँ | युएईस्थित नेपाली दूतावासले एकपटक भरिसकेको फारम दोश्रोपटक नभर्न त्यहाँ रहेका सबै नेपालीलाई अनुरोध गरेको छ । दूतावासको वेभसाइट र फेसबुक पेजबाट रजिष्ट्रेसन फारम दूतावासमा प्राप्त भएको जारी सूचनामा जनाइएको छ।

एकपटक भरिसकेको फारम पुनः पेश गर्न नसकिने भएकोले एकपटक भरिसकेपछि ढुक्क रहन दूतावासले अनुरोध गरेको हो। थप विवरण आवश्यकता भएमा सम्बन्धित ब्यक्तिले भरेको फारमको आधारमा टेलिफोन वा ईमेलमार्फत माग गरिने दूतावास अबुधावीले जनाएको छ।


नेपाल सरकार मन्त्रिपरिषद्ले हालै नेपाली नागरिकहरुलाई स्वदेश फर्कन सहजिकरण गर्ने सम्बन्धि कार्यविधि स्वीकृत भई विदेशमा रहेका नेपालीहरुलाई प्राथमिकताका आधारमा क्रमशः नेपाल लैजाने तयारी गरिरहेकोले उडानको मिति र तालिका प्राप्त हुनासाथ सबैलाई जानकारी गराउने दूतावासले जनाएको छ ।

दुतावासको सूचनामा नेपाल जानुअधि गरिने कोभिड–१९ परिक्षणको लागि युएई सरकारसँग दूतावासले समन्वय गरि मिति, समय र स्थानबारे उपयुक्त समयमा जानकारी गराउने उल्लेख छ। विभिन्न खाले भिसाको म्याद सकिएको हकमा कुनै चिन्ता नलिन दुतावासले अनुरोध गरेको छ । दूतावासले युएई सरकारले गत मार्च १ भन्दा पहिले भिसा सकिएको हकमा जुन १ बाट लागू हुनेगरि ३ महिनाभित्र स्वदेश फर्किएमा जरिवाना मिनाहा र मार्च १ पछि भिसाको म्याद सकिएको आप्रवासीको हकमा आगामी डिसेम्बर २०२० सम्मका लागि स्वतः नविकरण हुने र उडान नहुन्जेलका लागि पीडित नेपाली नागरिकहरुलाई बिगतका दिनहरु जस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाली समाज युएईको सहकार्यमा राहत वितरण गरिने जनाएको छ ।

तल हेर्नुहोस दुतावासले जारी गरेको सूचना 


यस बिषयमा तपाइको प्रतिक्रिया...!