एनआरएनए कतारद्धारा ३५ सय कोरोना पिडित नेपालीलाई खाद्यान्न वितरण

Posted on: 04 Jun, 2020

योगेन्द्र योगी | जेठ २२, दोहा | गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारले कोरोना संक्रमणबाट प्रभावित नेपाली कामदारका लागि तिब्र रुपमा राहत वितरण गरिरहेको जनाएको छ । 

उद्दार तथा राहत बितरण समितीले विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको उद्दार समितिका संयोजक तथा एनआरएनए कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङले जानकारी दिएका छन् ।

नेपाली दूतावास कतारको संयोजनमा कतार च्यारिटीद्वारा प्राप्त खाधान्न तथा अन्य संस्थाहरुले गरेको सहयोग कतारमा रोजगारी गुमाएका नेपाली कामदारलाई वितरण कार्य जारी रहेको संयोजक गुरुङ्गले बताए ।


अहिलेसम्म १४ औं चरणको राहत वितरणका क्रममा पहिलो चरणमा रेडक्रसबाट प्राप्त सहयोग वितरण गरिएको थियो भने  दोश्रो र तेश्रो रेडक्रसमार्फत नेपाली दूतावास मार्फद राहत तथा उद्दार समितिले पाएको उनले बताए ।

चौथो, पाँचौं र छैटौं चरणको राहत एनसिसी कतारको श्रमिक कोषबाट वितरण गरिएको थियो भने सातौदेखि चौधौंसम्मको राहत कतार च्यारिटीबाट प्राप्त गरिएको थियो ।

राहत वितरण अभियानमा झापाली समाज कतारबाट ३ सय किलो चामल, आउट अफ धरानेबाट ३ सय किलो चामल, स्याङ सोवा समाज कतारबाट ३ सय केजी चामल र १ सय केजी दाल, तमु समाज कतारबाट १ सय ५० किलो चामल प्राप्त भएको थियो ।


यस्तै , एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानबाट १ सय ५० केजी चामल, एनआरएनए कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङबाट १ सय ५० केजी चामल, एनआरएनए आइसिसी सदस्य रमेश भट्टबाट ४ सय ५० केजी चामल, एनसिीसदस्य मुक्तार आलमबाट १८ किलो चामल, दाल ५ केजी, सोयाबिन १० किलो नुन ५ किलो सहयोग प्राप्त भएको थियो ।

अहिलेसम्म ३५ सय १४ जना कोरोना पिडित नेपाली कामदारलाई खाद्यान्न स्वरूप राहत वितरण गरिसकिएको संयोजक गुरुङ्गले बताए । कोरोनाको कारणले कतारमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बर र ईमेल मार्फद पनि सम्पर्क गर्न सकिने उनले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!