विदेशमा रहेकाहरुको उद्धार शुरु, आज म्यानमारबाट २६ नेपाली स्वदेश आइपुग्ने

Posted on: 05 Jun, 2020

जेठ २३, काठमाडौं । सरकारले आजबाट विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फर्काउन सुरु गरेको छ । पहिलो चरणमा आज शुक्रबार म्यानमार रहेका नेपालीहरुलाई स्वदेश फर्काइन लागिएको हो ।

म्यानमारबाट २६ जना नेपाली फर्काइने जनाइको छ । म्यानमारले आफ्नो देशमा रहेका नेपालीलाई आफ्नै खर्चमा नेपाल ल्याइदिन लागेको हो । म्यानमारको सेनाको हेलिकप्टर मार्फत २ चरणमा २६ नेपाली लिएर आज बिहान नेपालको अन्तरास्ट्रिय विमानस्थल आइपुग्ने जनाइएको छ । पहिलो ९ बजे र दोश्रो सवा १० बजे नेपाली यात्रु लिएर विमानस्थल आइपुग्ने समयतालिका रहेको छ ।

म्यानमारले आफ्ना नागरिकको उद्धारका लागि नेपाल आउने तयारी गरेको थियो । त्यहीबेला नेपालीलाई उसकै खर्चमा ल्याइदिने भएको हो । त्यहाँबाट फर्किन चाहनेको संख्या ३५ जना रहेको र उनीहरुलाई फर्काउन लागिएको हो । यसै विच युएईबाट पनि नेपाली फर्काइने बताइएको छ तर समय निर्धारित भएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!