युएईबाट १६८ नेपाली लिएर एयर अरेवियाको जहाज काठमाडौँका लागि उड्यो

Posted on: 05 Jun, 2020

जेठ २३, काठमाडौँ । युएईबाट १ सय ६८ जना नेपाली बोकेर एयर अरेवियाको जहाज शुक्रवार नेपालका लागि उडेको छ । युएईको शारजहा विमानस्थलबाट उडेको सो जहाज बेलुका ५ बजे काठमाडौं अवतरण हुने छ ।

 एयर अरेवियाको फ्लाईट नं जि नाईन १७५१ नम्वरको सो फ्लाईट स्थानीय समय अनुसार अपरान्ह १२ बजेर ३ मिनेटमा सो जहाज उडेको हो ।

दूतावासले प्राथमिकता सूचिमा राखेका नभई अन्य यात्रु बोकेर सो जहाज उडेको हो । दूतावासले अन्तिम समयसम्म पनि प्राथमिकता सूची बाहिरका व्यक्तिलाई नउडाउन अडान राखे पनि सो विषय सम्वोधन भएन ।

सरकारले आजबाट विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको हो । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपालीलाई बिहान काठमाडौं ल्याइएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!